कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बैशाख ३,कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले प्रदेश संसदको सातौं अधिवेशन सञ्चालन अघि बिहीबार सार्वजनिक अपिल गर्दै विश्वासको मत दिन आग्रह गरेको थियो ।

माओवादी केन्द्रले भनेको छ, ‘समग्र राजनीतिक परिवर्तन र यसबाट जनताले गरेको अपेक्षा अनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा हाम्रो दल पुगेको छ । तसर्थ कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यहरूमा अपिल गर्दछु ।’

गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा माओवादी केन्द्रले एक सासंदलाई कारवाही गरेकाले रिक्त हुदा हाल ३९ सांसद रहेका छन् । सरकारले बहुमत साबित गर्न २० सांसदको बहुमत आवश्यक पर्छ । नेकपा एमालेमा २० जना सांसद छन् भने माओवादी केन्द्रमा १२ जना सांसद छन् ।

त्यस्तै कर्णालीमा काँग्रेसका ६ र राप्रपाका एकजना सांसद रहेका छन् । काँग्रेस र राप्रपाले शाहीलाई समर्थन गरेपनि सरकारसँग बहुमत पुग्ने देखिदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*