हेटौंडाको म्यानेजमेन्ट क्याम्पसमा भेटिएको शंकास्पद वस्तु ‘नक्कली बम’
बैशाख ३ , हेटौंडा । आज बिहान हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा- ४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसको पुरुष शौचालयभित्र आज बिहान बाकसजस्तो देखिने तार निस्किएको शंकास्पद वस्तु फेला परेको प्रहरीलाई खबर आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले बताए ।
खबर प्राप्त भएपछि मकवानपुर प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सेनाको डिस्पोजल टोली उक्त शंकास्पदज बस्तुको चेकजाचँ गर्दा बम नभएको पत्ता लागेको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले जानकारी दिए ।
उक्त शंकास्पद बस्तु बम नभई बमजस्तो देखिने नक्कली बम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
























