ओलीले भेटवार्ताका लागि प्रचण्डलाई गरे फोन

काठमाडौं, वैशाख ३– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले फोन गरेका छन् ।

कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको बताएका छन्।

भवन उद्घाटनपछि सम्बोधन गर्दै उनले भने ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घघाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो। म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें।’

कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले पूर्वाधार विकासमा सहयोग गर्ने वचन समेत दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*