आज ईन्द्रसरोवरको सामयुदायिक विद्यालयहरुमा शोक विदा
हेटौंडा, बैशाख ५ । आज मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको सामयुदायिक विद्यालयहरुमा शोक विदा दिईएको छ ।
गाउँपालिकाले वडा नंबर २ भालुखर्क स्थित जनश्रम आधारभूत विद्यालयमा कार्यरत कर्मचारी झलक बहादुर लोप्चनको शुक्रबार बैशाख ३ गते भएको निधनमा आज आईतबार शोक विदा दिएको हो ।
आज गाउँपालिकाका अध्यक्ष जीवन लामाले शोेक वक्तव्य जारी गर्दै आज गाउँपालिकाभर रहेको सामयुदायिक विद्यालयहरु बन्द रहने जनाएका छन् । शुक्रबार , खानिखेतमा आलु लिन आएका लोप्चन घर फर्कनेक्रममा डाँडामा बेहोस अवस्थामा भेटिएको स्थानीयले जनाकारी दिएका छन् ।
लोप्चनको मृत्यु शंकास्पद नभएको परिवार र गाउँपालिकाका स्थानीय जनप्रतिनिधिहरुले जानकारी दिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
























