आज बोलाइएको माओवादी केन्द्रको बैठक स्थगित

काठमाण्डौ, बैशाख ६– नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको उहाँले जानकारी दिनुभयो ।

विकसित राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग शीर्ष नेतृत्वको छलफलपछि सम्भवतः मङ्गलवार स्थायी समिति बैठक बस्ने उहाँले बताउनुुभयो।

समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*