जगत गुरुको जयन्ती उत्सवमा फलफुल वितरण र दिपावली

मकवानपुर, ६ बैशाख । जगतगुरु श्री रामानुजाचार्यको १००५ औँ जन्म जयन्तीका अवसरमा आईतबार फलफुल वितरण एवम् दिपावली कार्यक्रम सम्पन्न भएको छ ।

जयन्ती उत्सवको अवसरमा श्री वैष्णव युवा परिषद मकवानपुरको आयोजनामा आईतबार बिहान हेटौँडा अस्पतालका विरामीहरु र ओम वृद्धाश्रम हेटौँडामा फलफुल वितरण गरिएको हो ।
कार्यक्रममा युवा परिषद, वैष्णव परिषद, महिला परिषदका पदाधिकारीहरु हेटौँडा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रविण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

आईतबार नै हेटौँडाको पिप्लेस्थित रुद्रेश्वर मन्दिर परिसरमा निर्मित श्री रामानुज स्तम्भमा भव्य दिपावली अर्चना समेत गरिएको छ ।  उक्त कार्यक्रममा पनि वैष्णव युवा परिषद, वैष्णव परिषद, वैष्णव महिला परिषदका पदाधिकारीहरु तथा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
जगतगुरु श्री रामानुजाचार्यलाई वैदिक सनातन धर्मका पुनरुद्धारक, भक्ति एवम् शराणागति मार्गका महान व्याख्याता तथा शेषावतार रुपमा पुजिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*