मकवानपुरको सामरी खोलामा डुबेर एक बालकको मृत्यु
बैशाख ७, हेटौंडा । मकवानपुरको सामरी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमबार साँझ पौडी खेल्ने क्रममा डुबेर ज्यान जानेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ का ११ वर्षीय बालक किस्मत पौडेल रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मृतक पौडेलको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























