नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

७ वैशाख, काठमाडौं । ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो । टी(२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर हो । यसअघि १३ औं सागमा नेपालले भुटान विरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धतशक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरेका थिए । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ रन प्रहार गरे । कुशलले ४६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६२ रन जोडे ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले नेदरल्याण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसियाविरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए । नेपालका लागि पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । पारसपछिको स्थानमा कुशल आएका छन् ।

यस्तै दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए । उनले १६ औं ओभरको पहिलो बलमा नेदरल्याण्ड्सका कप्तान पिटर सिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । उनले २८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । अर्को बलमा पनि छक्का प्रहार गरेका दीपेन्द्र त्यसपछि आउट भए । उनले ३० बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा ६० रन बनाए ।

यसअघि दुई खेलमा लगातार शतकीय साझेदारी गरेका नेपालले आज भने दोस्रो ओभरमै विकेट गुमायो । कुशल भुर्तेलसंग अघिल्ला दुई खेलमा जोडी जमाएका आसिफ शेख शून्यमा आउट भए । पहिलो विकेटका लागि २० रनको साझेदारी मात्र भयो ।

दोस्रो विकेटका लागि कुशल र कप्तान ज्ञानेन्द्र मल्ले ४३ रनको साझेदारी गरे । तर कप्तान ज्ञानेन्द्र २० रन बनाएर आउट हुँदा नेपालले ६३ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै ७८ रनको साझेदारी गरे ।

त्यसपछि कुशल मल्ल ७ बलमा १८ रन जो८र आउट भए । करण केसीले १ रन मात्र जोडे । सोमपाल कामीले १३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २१ रन बनाए । विनोद भण्डारी ७ रनमा अविजित रहे ।

बलिङमा नेदरल्याण्ड्सका लागि भिभियन किंग्मा र कप्तान पिटर सिलारले २-२ विकेट लिए । यस्तै बास डे लिड र आर्यन दत्तले समान १ विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*