एमाले माधव–झलनाथ समूहको स्थायी कमिटी बैठक सुरु

बैशाख ८, काठमाडौं– एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षीय स्थायी कमिटी सदस्यको बैठक राजधानीको बुद्धनगरमा सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता नेपालसहित उनी निकटका नेताहरूलाई सोधेको स्पष्टीकरणको जबाफ दिने विषयमा छलफल गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

नेपाल पक्षले स्पष्टीकरण आजै बुझाउने तयारी गरेको छ। यसैगरी ओलीले सर्वोच्च अदालतको आदेश विपरीत गतिविधि गरेको आरोपमा अदालत जाने तयारीमा नेपाल समूह छ। बैठकमा अदालत जाने विषयमा पनि छलफल हुने ती नेताले बताए।

नेपालसहितका केही नेतालाई दुई दिनभित्र र सांसदलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै वैशाख ६ गतेको मिति राखेर मंगलबार स्पष्टीकरण पठाइएको थियो।

‘हामी तोकिएको समयमा नै स्पष्टीकरण बुझाउने तयारी गरिरहेका छौं, आज नै पठाउने भनेर छलफल र स्पष्टीकरण तयार गरिरहेका छौं,’ एक नेताले भने।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*