भिमफेदी– ३ मा राहत वितरण कार्यक्रम सम्पन्न तथा कार्यालय उद्घाटन
मकवानपुर, बैशाख ८– मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ३ झल्कनेमा हिजो (सोमबार) माओवादी केन्द्र कार्यालय उद्घाटन तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । केही दिन अघि परेको चट्याङले घरमा रहेको बिजुलीको मिटर बक्स पड्किदा घरमा आगो लागेकोले क्षति पुगेकाहरूलाई वाइसियलले रासन वितरण गरिएको हो ।
पिडितलाई केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले भिमफेदी -३ माथिल्लो गोठ डाँडामा बसोबास गर्ने इमान सिंह पाख्रिन र विमान सिंह पाख्रिनलाई ३ बोरा चामल, १५ के.जी.दाल, एक कार्टुन तेल र नगद वितरण गरेकी थिइन्। उनले यसरी सहयोग गर्न पाउँदा आफुलगायत सिंगो पार्टी नै खुसी भएको बताईन् ।
केन्द्रीय सदस्य तथा नेकपा माओवादी मकवानपुरका जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी जिल्ला अध्यक्ष तथा प्रदेश सांसद प्रेम बहादुर पुलामी(छिन्तु)को विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सचिवालय सदस्य बद्री बहादुर तामाङ,
जिल्ला सदस्यहरू रन्जित कुमार राना, अप्सरा लोप्चन, मदन बर्तौला, प्रिती लाल लामा, माओवादी केन्द्र गाउँपालिका अध्यक्ष दीपक गोले, वडा नं. ४ अध्यक्ष नवराज मोक्तान, भिमफेदी ३ पार्टी ईन्चार्ज बुद्धिमान बज्यू, भिमफेदी ४ ईन्चार्ज अमृत बल, को उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन माओवादी केन्द्र भिमफेदी-३ का अध्यक्ष अर्जुन थिङले गरेका थिए ।
























