थापा बागमती प्रदेशको सर्वोकृष्ट प्रहरी

८ बैशाख,हेटौंडा । बागमती प्रदेश प्रहरीमा कार्यरत प्रहरी निरीक्षक रोशन थापा सर्वोकृष्ट प्रहरी प्रदेश घोषित भएका छन।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापाले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक ढंगबाट सम्पादन गर्दै टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, संचालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामाग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण लगायत यस प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रसारणको व्यवस्थाको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएका छन ।

प्रदेश प्रहरी प्रमुख र मातहत प्रहरी कार्यालय प्रमुखहरु बीच भएको कार्य सम्पादन सम्झौताको मासिक प्रगति विवरणको मुल्यांकन साथै प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा उनलाइ सर्वोकृष्ट प्रहरी प्रदेश घोषणा गरिएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*