नेपाल पक्षका सांसदहरु ओलीले सोधेको स्पष्टिकरणको जवाफबारे छलफलमा

बैशाख ९, काठमाडौँ – नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सोधिएको स्पष्टिकरणबारे छलफलमा जुटेका छन् ।

स्पष्टिकरणको जवाफ तय गर्न नेता नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बुद्धनगरस्थित नेतृ सहाना प्रधान प्रतिष्ठानमा छलफलमा जुटेका हुन् ।सांसद पुष्पा कर्ण कायस्तले आफूहरु स्पष्टिकरणबारे छलफल गर्न भेला भएको बताएकी छन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ दिन उनीहरुका लागि बिहीबार मध्याहन्नसम्मको समय छ । स्पष्टिकरणको जवाफ चित्त नबुझे ओलीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदबाट निष्काशन गर्न सक्ने छन् ।

ओलीले संघ र प्रदेशका गरि नेता नेपाल र खनाल पक्षका ३२ जना सांसदलाई विधानविपरीत पार्टी र सरकारविरुद्ध उत्रिएको र छुट्टै पार्टी गठनमा लागेको आरोपसहित स्पष्टिकरण सोधेका छन् ।

ओली र नेपालबिच बुधबार वार्ता भएको थियो, तर सहमति बनेको थिएन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*