ओली–नेपाल बीचको भेटवार्ता सकियो

बैशाख ९, काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ ।

नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता सुरु भएको थियो । ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

निकटस्थ नेताहरूका अनुसार भेटमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेको थिएन । तर, भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको उनीहरूको भनाइ छ ।

बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*