ओलीले नेपाल पक्षलाई बाहिर राख्दै बनाए नयाँ स्थायी समिति

बैशाख १०, हेटौंडा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षका एक जनालाई पनि नराखि स्थायी समिति बनाएका छन्।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।

ओलीले हाललाई १७ जनाको स्थायी कमिटी बनाएर पछि थप सदस्य थप्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

यी हुन् स्थायी कमिटी सदस्यहरू

के पी ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोप बहादुर रायमाझी, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्प राज कँडेल।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*