हेटौंडामा प्रहरीले गर्यो सडकमै खटिएर मास्क वितरण

बैशाख १०, हेटौंडा । पछिल्लो दिनहरुमा मकवानपुरमा दर्जनौको संख्यामा कोरोना संक्रमण बढेपछि मकवानपुर प्रहरीले संकमणको जोखिमलाई मध्यजनर गर्दै सडकमा सर्वसाधरणलाई सचेत गराउने काम सुरु गरेको छ ।

बिहिबार जिल्ला प्रहरी कार्यलय,सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्‍याङ, सामुदायिक प्रहरी सेवा केन्द्र बसपार्क र सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर मकवानपुरको संयुक्त पहलमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल बढ्दै गएको संक्रमणबाट बच्न सचेतना अभिवृद्धि गर्ने उदेश्यले प्रहरीले सडकमा मास्क लगाउन र संक्रमणबाट बच्न,सचेतनामूलक पर्चा वितरण तथा सचेतना अभिवृद्धी गर्न माईकीङ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए ।

प्रहरीले बिहिबार बुद्धचोक, बसपार्क र थानाभर्‍याङमा हेल्प डेस्क स्थापना तथा मास्क वितरण सचेतनामूलक पर्चा वितरण गरेको थियो ।प्रहरी उक्त क्षेत्रमा मास्क नलगाई सडकमा हिडेका सर्वसाधरणलाई १३ सय थान मास्क वितरण गरेको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, सामुदायिक केन्द्रका अध्यक्षहरु तथा सामुदायिक प्रहरी सेवाकेन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*