आइतबारबाट हेटौंडामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु

बैशाख १०, मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि आइतबारबाट हेटौंडामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै आइतबारबाट हेटौंडामा सवारी साधनमाहरुमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी प्यालेस, पर्यटकीय क्षेत्र, पार्कजस्ता क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । बैठकले गृह मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै मास्क अनिवार्य प्रयोग गर्न लगाउने, सार्वजानिक स्थलमा मास्कको प्रयोग गर्नेहरुलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाहीको सिफारिस गर्ने जनाइएको छ । बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरी अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*