वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा धरहरा अवलोकन

बैशाख १०, काठमाण्डौ –वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वार भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताएका छन्। भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको उल्लेख गरेका छन्।

ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा १ यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो, उनले भने।

बन्दै गरेका बाटा, पुल, सुरुङ, अस्पताल, विमानस्थल, कलकारखाना तथा कृषि उद्यम हेर्दा लाग्छ साँच्चै नै हाम्रो पाइला समृद्ध नेपाल सुखी नेपाली निर्माणको महान् लक्ष्यतर्फ अगाडि बढेको छु, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*