मकवानपुरको थाहामा थप ६ जनामा कोरोना पुष्टि
हेटौंडा, बैशाख १३– उत्तरी मकवानपुरको थाहा नगरपालिकामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आईतबार थाहा नगरपालिकाको बज्रबाराही हेल्थपोस्ट र प्राथमिक स्थास्थ्य केन्द,पालुङमा गरिएको एन्टीजेन परीक्षण थप ६ जनामा संक्रमण देखिएको थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए ।
उनका अनुसार २१ जनामा गरिएको एन्टीजेन परीक्षणमा पुष्टि हुनेमा वडा नंबर ६ का ५ जना र ३ का एक जना रहेका छन् । हाल उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको संयोजक बलामीले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा हाल ६ जना सक्रिय संक्रमित रहेको र उनिहरु आफ्नै घरमा उपचाररत रहेका छन् । थाहा नगरपालिकामा हालसम्म ८३ जनामा कोरोना पुष्टि भएकामा ७५ जना संक्रमण मुक्त र २ जना संक्रमणको कारण मृत्यु भएका छन् ।
























