एकैदिन बागमती प्रदेशमा १५ सय ८५ जनामा कोरोना संक्रमण
हेटौंडा, बैशाख १३ । बागमती प्रदेशमा हिजो एकै दिनमा एक हजार ५ सय ८५ जना कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित थपीएका छन् ।
कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषेत्तम राज सेढाइले जानकारी दिनुभयो ।
यस बागमती प्रदेशमा आज सम्ममा जम्मा १ लाख ६४ हजार ३ सय २६ जनामा संक्रमण भएको छ । हाल सम्म यस प्रदेशमा ८ हजार ३ सय १२ जना उपचाररत रहेका छन् । मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । भारतको रक्सोलबाट सिधै बिरगन्जहुँदै आवतजाओत बढेपछी कोरोनाको जोखिम बढेको हो ।
स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु वताउँछन् ।मकवानपुर जिल्लामा पनि कोरोनासंक्रमितहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।
























