हेटौंडाका मोक्तानको शव फेला
बैशाख १३, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपािलका वडा नंबर १३ को बडा गाउँ नजिक एक शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यलय अनुसार बडा गाउँबाट एक सय मिटर पर बारीमा हेटौंडा–१४ का अन्दाजी ३२ वर्षीय जमानसिं मोक्तान मृत भेटिएका हुन् । मोक्तानको शव बिहान ८ बजे बारीमा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।
हाल मोक्तानको शव हेटौंडा अस्पतालमा ल्याएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























