मकवानपुरमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर एक जनाको मृत्यु

बैशाख १४, हेटौंडा । मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ।

उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडी टोलीले राति अबेर उनको शव फेला पारेको थियो। सोमबार हेटौँडा–१३ मै ३२ वर्षीया अर्का पुरुष मृत भेटिएका छन् ।

हेटौँडा–१४ कालापानीका ३२ वर्षीय जमानसिंह मोक्तानलाई बारीमा मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*