मकवानपुरका पार्टी प्यालेस आजबाट बन्द
बैशाख १४, हेटौंडा । कोरोना संक्रमणको जोखिम बढेसंगै आजदेखि अनिश्चितकालको लागि मकवानपुरको भित्र रहेका पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द हुने भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १४ गतेबाट जिल्ला भित्रका सम्पूर्ण पार्टी प्यालेसहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
यसैगरि बैठकले जिल्लाका सबै स्थानीय तहमा पिसिआर र एन्टीजेन परीक्षण अनिर्वाय बनाउन परीक्षणको योजना तयार गरी परीक्षणका दायारा विस्तार गर्न सबै स्थानीय तह र स्वास्थ्य कार्यलय मकवानपुरलाई दिने निर्णय गरेको छ ।
बैठकले दक्षिणी नाकाबाट मकवानपुर प्रवेश गर्ने यात्रुहरुको हेटौंडा बसपार्कमा ज्वरो नाप्ने परीक्षण गर्ने,साबुनपानीले हात धुन लगाउने,मास्क र सेनिटाइजर प्रयोग गर्न लगाउने निर्णय गरेको छ ।
























