जसपाका शीर्ष नेताहरुबीच छलफल
हेटौंडा, बैशाख १४ – गण्डकी प्रदेशमा सरकार फेरबदलको कसरत अन्तिम अवस्थामा पुगेका बेला जनता समाजवादी पार्टी जसपाका केन्द्रीय नेताहरु छलफल जुटेका छन् ।
संघमा समेत नयाँ गठबन्धनका लागि विपक्षी दलहरु प्रयासरत रहँदा मौन रहेको जसपाका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा विहान शीर्ष नेताहरुबीच छलफल भएको हो । छलफल अनौपचारिक भएकाले कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार, छलफलमा शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन ।
























