उच्चशिक्षा ऐन ल्याउँदै बागमती प्रदेश सरकार

बैशाख १४, हेटौँडा –बागमती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताए ।

ऐनमा खुला विश्वविद्यालयदेखि हरेक जिल्लामा एउटा विश्वविद्यालय खोल्न सकिने प्रावधानसमेत समेटिने जनाइएको छ । “अब डेस्क, बेञ्च मात्रै होइन, कुनै पनि प्रकारका भौतिक संरचनाको कमी छैन, यस्तो अवस्थामा शिक्षाको गुणस्तर वृद्धिमा लाग्ने हो”, उनले भने ।

पौडेलले हेटौंँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत नर्स, हेल्थ असिस्टेन्ट तथा चिकित्सक उत्पादन गर्ने गरी अध्यापन प्रारम्भ हुने क्रममा रहेको बताउँदै भुटनदेवी विद्यालयमा इञ्जिनीयरिङको स्नातक कक्षा सञ्चालनमा सहयोग गरिने जानकारी सोमबार दिए ।

मुख्यमन्त्री पौडेलले देशको शैक्षिक आन्दोलनको शुरुआती क्षण स्मरण गर्दै भुटनदेवी माविबाट आफूसहित ९९ शिक्षक मिलेर शुरु भएको शैक्षिक आन्दोलनले आज शिक्षक सङ्गठनको रूप लिएको बताए ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*