आज मकवानपुरमा १३९ जनामा परिक्षण गर्दा ६० जनामा कोरोना

हेटौंडा, बैशाख १५ । मकवानपुर जिल्लामा आज थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित भएकाहरुमा अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका रहेका छन् ।

एक सय ३९ जनाको स्वाब संकलन गर्दा ६० जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

कोरोना संक्रमित हुनेहरुमा महिना २१ जना र पुरुष ३९ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*