माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य खड्कालाई पनि निकाल्यो

बैशाख १५, हेटौंडा – नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन्। खड्काले दल परित्याग गरेको भन्दै संसदीय दलका नेता दीनानाथ शर्माले उनको राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए।

वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो। सोहीअनुसार खड्काको पद रिक्त भएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जारी गरेको सूचनामा उल्लेख छ।

अर्घाखाँचीका खड्का नेकपा एमाले प्रवेश गरेका छन्। यसअघि गृहमन्त्री रामबहादुर थापालाई पनि माओवादी केन्द्रले कारबाही गरेको थियो।

थापाको ठाउँमा जेठ ६ गते चुनाव हुँदैछ। राष्ट्रिय सभा सदस्य रिक्त भएको ३५ दिनभित्र अर्को चुनाव गर्नुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*