गण्डकीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा निर्णय आजै हुने
बैशाख १५, कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बुधबार (आज) नै निर्णय हुने भएको छ ।
यही सोमवारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भइ मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि त्यस प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।
मङ्गलवारको बैठकमा नेकपा एमालेका प्रदेश सभासद्ले कोरोना परीक्षण नगरि बैठक बस्न नहुने जनाइ अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेश सभा सदस्य एवम् कर्मचारीको पीसीआर परीक्षणपछि आजको बैठक सुरु भएको हो ।
बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।
























