भिडभाडको कारण मकवानपुरको मालपोत र नापी कार्यलय भोलिदेखि बन्द
बैशाख १५, हेटौंडा । भोलिदेखि मकवानपुरको मालपोत कार्यलय र नापी कार्यलय बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोलिदेखि मकवानपुरको मालमोत कार्यलय र नापी कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।
मालपोत र नापी कार्यलयमा भिडभाड बढेको कारण संक्रमणको जोखिम बढेको भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु भोलि देखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने प्रशासनले जनाएको छ ।
























