थाहा नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
बैशाख १६, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिको कार्ययलमा आजबाट तीन दिनको लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
थाहा नगरपालिकामा एन्टीजेन विधिबाट परीक्षण गर्दा नगरपालिकामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको कन्ट्याक ट्रेसिङ र संक्रमणको जोखिमको कारण आजबाट बैशाख १९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
























