मुख्यमन्त्री पौडेलको प्रदेश सरकारलाई मुनु सिग्देलले दिईन् धन्यवाद !
बैशाख १६, हेटौंडा । बागमती प्रदेश सभाकी प्रदेश सदस्य मुनु सिग्देलले मुख्यमन्त्री डोरमणि पौडेलको सरकार रहेको बागमती प्रदेश सरकारलाई धन्यवाद दिएकी छन् ।
बिहिबार बिहान सामाजिक संजाल मार्फत प्रदेश सदस्य सिग्देलले सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरेकामा धन्यवाद दिएकी हुन् ।
प्रदेश सदस्य सिग्देले प्रदेश सरकारको मन्त्रिपरिषद् मा पहिलो पटक महिला प्रतिनिधित्व भएकोमा नवनियुक्त मन्त्री बस्नेतलाई बधाई समेत दिएकी छन् । सिग्देलले भनेकी छन्,“बधाई छ माननीय सरस्वती बस्नेत ज्यु। बागमती प्रदेस सरकार को सामाजिक बिकास मन्त्रालय को जिम्मेवारी पाउनु भएको छ। सम्सद सभामा मैले बारम्बार उठाउने गरेको प्रश्न को जबाफ पाएको छु।धन्यवाद प्रदेस सरकार ।”
























