द रिभाइवल क्लब हेटौँडाद्वारा माक्स वितरण
बैशाख १६, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर २ संगमचोकमा रहेको द रिभाइवल क्लबले माक्स नलगाई हिडने नागरिकलाई माक्स वितरण गरेको छ ।
आज संगमचोक क्षेत्रमा क्लबका पदाधिकारी सहितको प्रतिनिधिहरुको टोली पुगेर माक् स वितरण गरेको हो । सर्वसाधारणलाई मास्कको प्रयोग गर्न सचेतना अभिवृद्धि गर्नुका साथै मास्क नलगाउने सर्वसाधारणलाई निशूल्क मास्क वितरण गर्दै आएको द रिभाइवल युथ क्लवका अध्यक्ष चन्द्र साहिले बताए ।
कोभिड–१९ बाट बच्नको लागि माक्स अनिवार्य भएको भन्दैआफुहरुले सचेतनाको लागि माक्स वितरण अभियानलाई निरन्तरता दिएको शाहीको भनाई रहेको थियो ।
























