मकवानपुरमा पनि ५ सय जना संक्रमित नाघेपछि निषेधाज्ञा

बैशाख १७, हेटौंडा । मकवानपुरमा दिनप्रतिदिन संक्रमित पुष्टि हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कवानपुरमा ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार पिसिआर परीक्षणमा ३२ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट १६ जना गरी ४८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० जना पुगेको छ । मकवानपुरमा हालसम्म ३ हजार ८ सय ८० जना संक्रमण मुक्त भइसकेका छन् ।

मकवानपुरमा आजको दिनमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३१० जना घरमा,९ जना हेटौंडा अस्पतालको आईसियूमा र ६ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको मुत्यु भएको छ ।

संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरकाका प्रमुख भरत मणी पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन निषेधाज्ञा जारी गरिने बताए । उनका अनुसार जिल्लामा सक्रिय संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*