प्रधानमन्त्री ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी
बैशाख १७, काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले ब्यूतिँएपछि गरेका निर्णयहरुको जानकारी गराउँदै त्यसको कार्यान्वयनका लागि आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले अन्तरपार्टी निर्देशन जारी गर्दै उक्त निर्देशन दिएका हुन्। अन्तरपार्टी निर्देशनमा उनले आफ्नो राजनीतिक प्रतिवेदन, महासचिवले तयार पारेको संगठनात्मक प्रतिवेदन, स्थायी कमिटीको गठनलगायत समावेश गरेका छन्।
























