देउवाले पत्रकार सम्मेलन गर्दै
बैशाख १७, हेटौंडा – कोभिड–१९ को दोश्रो चरणको बढ्दो संक्रमण र सरकारको भूमिकाका विषयमा आफ्ना धारणा राख्न कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई शुक्रबार दिउँसो तीन बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् ।
पत्रकार सम्मेलनमा सभापति देउवाले कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण, निषेधाज्ञा र सरकारको भूमिकाका विषयमा धारणा राख्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
























