लुम्बिनी प्रदेशको एमाले सांसद वली माओवादीमा प्रवेश
बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशको एमाले सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।
तत्कालिन नेकपाबाट निर्वाचित सांसद वली पार्टी अलग अलग भइसकेपछि आफू माओवादी केन्द्रमा रही काम गर्न चाहेको बताउँदै माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।त्यससँगै मुख्यमन्त्री शंकर पोखरेललाई सरकार गठनका लागि बहुमत गुग्ने खतरा देखिएको छ ।
मुख्यमन्त्री पोखरेलको राजीनामासँगै केन्द्रको राजनीति समेत तातेको छ । यसैबीच एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको छ । बैठकमा लुम्बिनी प्रदेशको बारेमा नै छलफल भएको बताइएको छ ।
























