लुम्बिनी प्रदेश सभा सदस्यको भएन रिट दर्ता

काठमाडौं, वैशाख १९- लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यले लगेको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफूलाई गरिएको कारवाही गैरकानुनी रहेको दाबीसहित आइतबार सर्वोच्चमा रिट दर्ता गर्न पुगेका थिए। सर्वोच्च अदालतले कोरोना संक्रमणको कारण देखाएर दर्ता अस्विकार गरेपछि प्रदेश सभा सदस्य यत्तिकै फर्किएका छन्।

सर्वोच्चको गत वैशाख १४ गते बसेको फूल कोर्टले वन्दीप्रत्यक्षकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतीका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट मात्र दर्ता गर्ने निर्णय गरेको थियो। सर्वोच्च प्रसासनले प्रदेश सभा सदस्यलाई कोरोनाका कारण अरु सेवा स्थगित गरिएको जनाउ दिँदै पछि आउने गरी फिर्ता गरेको हो।

सर्वोच्चको यो निर्णयपछि जसपाको बहुमत निर्णयका आधारमा कारवाही गरिएको दाबी गरिएका उनीहरुको वैधानिकताबारे अन्योल उत्पन्न भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*