लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल पुनः नियुक्त

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

तीन वर्षअघि धारा १६८ ९२०अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*