कोरोनाको जोखिम बढे संगै आजबाट हेटौंडा सहित ४ स्थानीय तहमा निषेधाज्ञा

बैशाख २० हेटौंडा । मकवानपुरको १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा गएराति १२ बजेबाट बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमणको जोखिम बढे संगै जिल्लाको हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५र५ सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेके कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*