मकवानपुरमा कोरोनाबाट आज थप एक जनाको मृत्यु

बैशाख २०, हेटौंडा । मकवानपुरमा २४ घण्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा(१ का ५५ वर्षीय पुरुषको आइतवार राति ९ बजेर १७ मिनेटमा मृत्यु भएको थियो भने आज थप एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाको अंलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेको हेटौंडा अस्पतालका मेसु डाक्टर प्रविन श्रेष्ठले बताए ।

कोरोना संक्रमित ४६ वर्षीय पुरुषलाई आइतवार बेलुका १२ बजे हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो । स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारत सोमवार विहान ८ बजे उनको मृत्यु भएको डाक्टर श्रेष्ठले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*