काँग्रेस पदाधिकारी बैठक स्थगित
बैशाख २०, काठमाण्डौं – काँग्रेस पदाधिकार बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्ने गरी स्थगित भएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
महतका अनुसार सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक सन्दर्भमा र १४ औं महाधिवेशनबारे छलफल गर्ने बैठक बोलाए पनि वरिष्ठ नेता पौडेलको आग्रहमा सोमबारको बैठक मंगलबार सारिएको हो ।
पौडेलले आज आफूलाई अलि सञ्चो नभएको भन्दै बैठक सार्न आग्रह गरेका थिए ।
























