मकवानपुरको मनहरीमा कोभिड अस्पताल संचालन

बैशाख २०, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले अक्सिजन सहितको १२ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

मनहरी-८,सिमपानीमा गाउँपालिकाले कोरोना संक्रमित बिरामीको उपचारको लागि अस्पताल संचालनमा ल्याएको हो ।गाउँपालिकामा संक्रमितको संख्या बढेको र स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि अक्सिजन सहितको कोभिड अस्पताल संचालन ल्याईएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।

हाल गाउँपालिकाले १२ बेडको अस्पताल संचालनमा ल्याएको र यसलाई ३० बेड सम्म संचालन गर्न सकिने अध्यक्ष उप्रेतीले बताए ।उनले भनेः यसअघिको पहिलो चरणको कोरोना संक्रमणमा हामीले २४ बेडको आइसोलेसन संचालन गरेका थियौ । आजबाट १२ बेडको अस्पताल संचालनमा ल्यायौ,१२ बेड खरीदको तयारी भईरहेको छ । अस्पतालमा ३० बेडको सम्म संचालन गर्न सक्छौ । अध्यक्ष उप्रेती अनुसार अस्पतालमा कोभिड संक्रमितको उपचारको लागि भेन्टिलेटर सहितको तयारी गरिएको छ । भेन्टिलेटरको लागि बागमती प्रदेश सरकारसंग सहकार्य भईरहेको अध्यक्ष उप्रेतीको भनाई छ ।

मनहरी गाउँपालिकामा हालसम्म २ सय ६० जनामा कोरोना पुष्टि भएकामा २ सय ११ जना निको भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले जानकारी दिए । उनका अनुसार मनहरीमा हालसम कोरोनाको कारण २ जनाको ज्यान गएको छ । मनहरीमा आजको दिनमा ४७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*