मकवानपुरको एकै गाउँका १८ जनालाई कोरोना पुष्टि

बैशाख २०,हेटौंडा । मकवानपुरको एकै गाउँका १८ जनालाई कोरोना पुष्टि भएको छ । आईतबार कैलाश गाउँपालिका वडा नंबर ९ को नामटारमा एन्टीजेन विधिबाट गरिएको २५ जनाको परीक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

गाउँपालिका स्वास्थ्य संयोजक श्याम सुन्दर महतो अनुसार एकै गाउँका मानिसमा कोरोना पुष्टि भएकामा १ जनाको स्वास्थ्य समस्या गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको छ । हाल उनिहरु घरमै उपचाररत रहेको संयोजक महतोले बताए ।

पुष्टि भएको गाउँमा गएको ८ दिनदेखि राष्ट्रिय परिचय पत्र दर्ता कार्य भईरहेको थियो । उक्त स्थानमा अत्याधिक भिडभाड रहेको थियो एक स्थानीयले खबरब्रेक संग भनेस् हामीले उक्त कार्य रोक्न भनेका थियौ तर गाउँमा केहि हुँदैन बाहिरका मान्छे आएका होर भन्दै दर्ता कार्य अघि बढाए । सम्बधित निकाय मौन बस्यो ।

हिजो पुष्टि भएकामा राष्ट्रिय परिचय पत्र वितरण गर्न आएका एक कर्मचारी समेत परेका छन् । हाल सो स्थानमा राष्ट्रिय परिचय पत्र दर्ता कार्य रोकिएको छ । यसैबिच खबरब्रेक संग कुरा गर्दै गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तानले गाउँपालिकाको वडा नंबर ९ र १० मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको बताए ।

उनले गाउँमा संक्रमणको संख्या बढेसंगै गाउँपालिकाले आइसोलेसन तयार पारिएको र डाक्टरको खोजी कार्य भइसकेको समेत बताए । उनका अनुसार हिजो पुष्टि भएका संक्रमितको ठाउँको समुदायमा एन्टीजेन विधिबाट कोरोना परीक्षणको तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*