कोरोनाबाट मृत्यु भएका परिवारलाई सरकारले एक लाख रुपैयाँ दिने
२० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९)संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।
























