बैशाख २१, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ की ४१ वर्षीया महिला रहेको हेटौंडा अस्पतालले जनाएको छ । यो संगै अस्पतालमा कोरोनाबाट मृत्यु हुने संख्या ४ पुगेको छ ।