देउवा र प्रचण्डबीच २० मिनेट टेलिफोन वार्ता

बैशाख २१, हेटौंडा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि प्रचण्ड र देउवाबीच टेलिफोन वर्ता भएको हो ।

सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । करिब २० मिनेट भएको संवादमा प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिनेभएपछि कांग्रेसको रणनीतिक कस्तो हुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

सभापति देउवाले पदाधिकारी बैठकपछि निर्णय आउने बताएको स्रोतले भन्यो । टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*