हेटौंडा अस्पतालमा आजै दुई संक्रमितको मृत्यु

बैशाख २१, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक संक्रमितको मृत्यु भएको छ ।

आज ९३ जनाको पिसिआर परीक्षणमा ५७ जना र एन्टीजेन विधिबाट ४२ जनामा गरिएको परीक्ष्णमा १९ जनामा गरी थप ८४ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

९३ जनाको पिसिआर परीक्षणमा हेटौंडा उपहानगरपालिका ४८ जना,मकवानपुरगढीका ४ जना र थाहा नगरपालिका,भीमफेदी एक एक जना रहेका छन् । यसैगरि हेटौंडा बस्ने जिल्ला बाहिरका ३ जना रहेका छन् ।

यसैगरि हेटौंडामा १७ जनमा गरिएको एन्टीजेन परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ । यसैगरि मकवानपुरगढीमा १५ जनामा गरिएको एन्टीजेन परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको छ भने मनहरी गाउँपालिकामा १० जनामा गरिएको एन्टीजेन परीक्षणमा गरिएको परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर अनुसार आजको दिनमा हालसम्म ३ स्थानीय तहको एन्टीजेन परीक्षणको रिपोर्ट आएको हो । मकवानपुरको विभिन्न स्थानीय तहले स्थानीय स्तरमै कोरोना परीक्षण गरिरहेको छ ।

यो संगै मकवानपुरमा आजको दिनमा ७ सय ७२ जना सक्रिय संक्रमित पुगेका छन् । जसमा ७ सय ४० जना संक्रमित घरमा,१९ जना संक्रमित हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा र १३ जना संक्रमित हेटौंडा अस्पतालमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*