हेटौंडासहित देशको विभिन्न स्थानमा बिहानैबाट वर्षा
बैशाख २२, हेटौंडा । मकवानपुरको हेटौंडा सहित देशको विभिन्न स्थानमा बुधबार बिहानैबाट वर्षा भईरहेको छ ।
मंगलबार दिउँसो पनि मकवानपुरको विभिन्न स्थानमा वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
महाशाखा अनुसार देशको सुदुरपश्चिम प्रदेशमा पुर्ण बदली रहि बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित वर्षा भइरहेको छ।
यस्तो छ आजको मौसम :
दिउँसो -देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती- देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
























