मकवानपुरगढी -५ का एक कोरोना संक्रमितको मृत्यु

बैशाख २२, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पहिलो पटक कोरोनाको कारण एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिकाको वडा नंबर ५ का ६८ वर्षीय पुरुष रहेका छन् । उनलाई १० दिन अघि पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

बुधबार आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा वृद्धको मृत्यु भएको हो । संक्रमित पुरुष दम रोगबाट पीडित रहेका थिए । हिजो (मंगलबार) पनि मकवानपुरमा कोरोनाबाट २ जनाको मृत्यु भएको थियो ।

यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*