उपचारपछी घर फर्किएका मनहरीका एक संक्रमितको मृत्यु

बैशाख २२, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा कोरोनाबाट संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित पुरुषको गएराती मृत्यु भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो ।

अस्पतालमा उपचारपछी घरफर्किएका पुरुषको मृत्यु भएको हो । मकवानपुरमा पहिलेको तुलनामा कोरोना संक्रमित बिरामी पनि बढ्दै गएका छन् । त्योसंगै संक्रमणका कारण मृत्युहुने दर पनि बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*