हटियाका किसानलाई अनुदानमा ट्याक्टर बितरण
बैशाख २२, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियाका किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरिएको छ ।
हेटौंडाका १९ वटै वडाका किसानलाई परमपरागत तरिकाले भन्दा पनि प्रबिधिको प्रयोग गरेर काम गर्नका लागि सहयोग गर्दै आएको छ । सहकारीमा आवद्ध किसानलाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले किसानलाई ट्याक्टर हस्तान्तरण गर्नुभयो ।
किसानका खेतबारी जोत्नका लागि ट्याक्टर बितरण गरिएकाले खेतीयोग्य जमिन प्लटिङ गर्न नदिनका लागि उहाँले आग्रह गर्नुभयो । सबै टोलबासी मिलेर यस क्षेत्रको जमिट टुक्रा पार्न नदिन महिलाहरु एकजुट भएर लाग्नुपर्ने मेयर महतले वताउनुभयो ।
साना किसान सहकारी संस्था लिमिटेड हटियालाई ५० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरिएको हो ।यस सहकारीमा आवद्ध ९ सय परिवार किसानलाई सघुलिएत दरमा खेतबारी जोत्नका लागि ट्याक्टर अनुदानमा दिइएको हो । सहकारीका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष भैरब राई लगाएतकाको आतिथ्यता रहेको थियो ।
























